×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सप्तरीमा बेपत्ता राउतको शव पोखरीमा भेटियो

सप्तरीमा बेपत्ता राउतको शव पोखरीमा भेटियो

काठमाडाैँ- सप्तरीमा एक जनाको हत्या भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो ।  उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए ।

उनी सोमबारदेखि बेपत्ता थिए । राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए । मंगलबार पोखरीमा उनको शव फेला परेको थियो । ‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने ।

प्रतिकृया दिनुहोस्