×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वागमती प्रदेशका १२ सांसदले छाडे एमाले ,नेकपा एसको पक्षमा सनाखत को-कोले (हेर्नुहोस)

वागमती प्रदेशका १२ सांसदले छाडे एमाले ,नेकपा एसको पक्षमा सनाखत को-कोले (हेर्नुहोस)

काठमाडौं - वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका छन् ।
उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा(एस)को पक्षमा सनाखत गरेका हुन् ।

सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।
एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
सनाखत  गर्ने सांसदहरुमा मन्त्री खनालसंगै राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र  कुसुमकुमार कार्की छन् ।

प्रतिकृया दिनुहोस्