×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । उनी विरुद्ध कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन् । त्यसैको कारण चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै कोषाध्यक्ष पदम खड्का पनि निर्विरोध निर्वाचन भएका छन् । खड्का कर्णाली प्रदेशका अध्यक्ष हुन् । जयन्ती सुदूरपश्चिम प्रदेशबाट आएकी हुन् । यसअघि पनि उनी नै सर्वसम्मत रुपमा महिला सदस्यमा जयन्ती निर्वाचित भएकी थिइन् । क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन् ।

सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुबैले उम्मेद्धवारी दर्ता गरेका छन् । क्यानको चुनावमा कुल ८४ मत छ । प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ ।
 

प्रतिकृया दिनुहोस्