मार्क्सका सन्दर्भमा के देखिन्छ भने उनी निगरानीबाट उम्कनै सकेनन् । १९ औं शताब्दीमा लन्डनमा बसेका बखत प्रसियाली जासुसहरूले आफूलाई पछ्याइरहेको उनले लेखेका छन । ब्रिटिस सुराकीहरूले पनि उनका झ्यालढोकालाई ‘शंकाभन्दा पनि बढी’ चियो गर्थे । एउटा मध्याह्नमा समाधि हेर्न केही दर्शक आइपुगेका थिए । चिहानको पनि निगरानी गरिरहेको सीसी क्यामेरा देखेर तिनीहरूले मार्क्सको नियतिमाथि कटु व्यंग्य मिसिएको खिसिटिउरी गरे । आइतबारे घुमघाममा हाइगेटमा निस्केका लन्डननिवासी पल बेन्टन (३९)ले यसलाई लाजमर्दो घटना बताए । ‘लापरवाही र मूर्ख काम’का कारण चिहानको निगरानी गरिरहनुपरेको उनको भनाइ छ । हाइगेटका ५३ हजार चिहानहरूमा समाधिस्थ १ लाख ७० हजार मान्छेमध्ये मार्क्र्स नै सम्भवतः सबैभन्दा प्रसिद्ध छन् । र, यो समाधिस्थलको मुख्य आकर्षण पनि यही हो । ‘मार्क्र्स यहाँका स्टार हुन्,’ हाइगेट सिमेट्री मितेरी कोषका प्रमुख इयान डुंगभेलले भने, ‘यो उन्नाइसौं शताब्दीको चिहानभूमिमा वार्षिक १ लाख तीर्थालु र पर्यटकहरू आउजाउ गर्छन् । तिनीहरूमध्ये मार्क्र्सकै समाधि हेर्न आउने धेरै हुन्छन् ।’ आइतबारे घुमघाममा हाइगेटमा निस्केका लन्डननिवासी पल बेन्टन (३९)ले यसलाई लाजमर्दो घटना बताए । ‘लापरवाही र मूर्ख काम’का कारण चिहानको निगरानी गरिरहनुपरेको उनको भनाइ छ । हाइगेटका ५३ हजार चिहानहरूमा समाधिस्थ १ लाख ७० हजार मान्छेमध्ये मार्क्र्स नै सम्भवतः सबैभन्दा प्रसिद्ध छन् । र, यो समाधिस्थलको मुख्य आकर्षण पनि यही हो । ‘मार्क्र्स यहाँका स्टार हुन्,’ हाइगेट सिमेट्री मितेरी कोषका प्रमुख इयान डुंगभेलले भने, ‘यो उन्नाइसौं शताब्दीको चिहानभूमिमा वार्षिक १ लाख तीर्थालु र पर्यटकहरू आउजाउ गर्छन् । तिनीहरूमध्ये मार्क्र्सकै समाधि हेर्न आउने धेरै हुन्छन् ।’ विश्वप्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’का लेखक मार्क्सको १२ फिट अग्लो स्मारकको पाउमा रातो मैनबत्ती, मार्गुएराइट डेइजी नामको फूल र फासीवादविरोधी स्टिकरहरू राखिएका छन् । सन् २०१९ को जनवरीमा मार्क्स र उनको परिवारका सदस्यहरूको नाम कुँदिएको सिंगमरमर फुटाइयो । त्यसको दुई सातापछि स्मारक भित्तामा ‘घृणाको सिद्धान्त’ र ‘नरसंहारको वास्तुकला’ लेखियो, जथाभावी रातो रङ पोतियो र अगाडिको भाग तोडफोड पनि गरियो । स्मारकसम्बन्धी जिम्मेवार संस्था मार्क्र्स समाधि कोषले त्यही तोडफोडपछि क्यामेरा जोड्ने निधो ग¥यो । ऐतिहासिक क्षेत्रको संरक्षणमा काम गर्ने हाइगेट सिमेट्री मितेरी समूह र ऐतिहासिक इंग्ल्यान्ड नामक सार्वजनिक संस्थासँगको समझदारीपछि कोषले मार्क्र्सको चिहानमाथि सिसिटिभी क्यामेरा राखेको हो ।
‘कसैका लागि मार्क्र्स प्रेरणाको महान् स्रोत हुन् र अरू कतिले सबै भयावह चिजको जिम्मेवार उनैलाई ठान्छन्’, डुंगभेलले भने, ‘तर, उनी त मरिसके । उनी चिहानमुनि छन् । जो मरिसक्यो, उसलाई सम्मान नगर्नेहरू उसको चिहानसमेत चिथोरिरहेका छन् । यो दुःखद् कुरा हो ।’ यद्यपि, मार्क्र्स इतिहासका एकदमै प्रभावशाली चिन्तकका रूपमा सुपरिचित छन् । उनको विरासत बुझ्न जटिल छ । कतिले त उनको विचारका नाममा भएका क्रुरतामा मार्क्सलाई नै मुछ्ने गरेका छन् ।
मार्क्र्स सन् १८१८ मा जर्मनीमा जन्मे । तर, सन् १८४९ मा लन्डन आइपुगेपछि उनको पाको उमेरको धेरै समय त्यहीँ बित्यो । उनले प्रसिद्ध ग्रन्थ ‘पुँजी’को अध्ययन–अनुसन्धान र लेखनको धेरै काम ब्रिटिस म्युजियममा गरे । र, लन्डनमा छँदा जसरी उनी समाजवादी आन्दोलनको विकासमा सहभागी भए, त्यसरी नै त्यस समयका बेलायती चिन्तकहरूसँग पनि उनी घनिष्ठ रूपमा जोडिए । सन् १८८९ मा मार्क्र्सको मृत्यु हुँदा हाइगेट बाटोछेउको एउटा सामान्य छपनीमुनि उनको शव गाडिएको थियो । मलामी पनि जम्माजम्मी एक दर्जन मान्छे थिए । दशकौंपछिसम्म उनको चिहानप्रति कसैको मतलब थिएन । मार्क्र्सको चिहान त्यतिन्जेलसम्म बढ्दो झारजंगलभित्र लुप्तप्रायः थियो, जब सन् १९५४ मा त्यो समाधिलाई देखिने ठाउँतिर सार्ने र त्यहाँ स्मारक थप्ने काम भएको थिएन । त्यहाँ मार्क्र्ससँगै उनकी श्रीमती, एक छोरी, दुई नातिनातिना र एक जना घरेलु सहयोगी पनि गाडिएका थिए ।
ग्रेनाइटको विशाल चिहानढुंगामा मार्क्सको कांस्यमूर्ति बनाइएको छ । ब्रिटिस मान्यताअनुसार यो मूर्ति विशिष्ट ऐतिहासिक महत्त्वको संरचनाभित्र सूचीकृत छ । त्यहाँ शिलालेखमा उनको लेखनबाट उद्धृत गरिएका प्रसिद्ध दुई हरफहरू लेखिएका छन्– ‘संसारभरिका ज्यामीहरू एक होऊ’ र ‘दार्शनिकहरूले पारा–पारामा यो जगतको व्याख्या गरे । तर, खास्सा कुरो यो फेर्नु हो ।’
यो समाधिस्थलको पूर्वी कुनाको पछिल्लो लहरमा रहेको सबैभन्दा उल्लेखनीय चिहान हो– मार्क्र्सको । त्यहाँ पुग्ने आगन्तुकहरूले झारपातहरूले ढाकिएको, रुखहरूका हाँगाबिँगा भाँचिइरहेको, जराजुरी उखेलिएको ठाउँमा आफूलाई पाउँछन् । मार्क्सको चिहान लामो समयदेखि एउटा तीर्थस्थलका रूपमा रहेको छ । लन्डनस्थित मार्क्र्स स्मृति पुस्तकालयकी सचिव तथा मजदुर इतिहासकी प्राध्यापक मेरी डेभिसका अनुसार खासगरी चीन र क्युबाजस्ता देशका प्रतिनिधिहरू मार्क्सको वार्षिकी पारेर उनीप्रति श्रद्धा व्यक्त गर्न यहाँ आउने गर्छन् ।
यो क्षेत्र प्रतीकात्मक रूपमा अन्तिम बिसाउनी खोज्नेका लागि रोज्जा ठाउँ बनेको छ । मार्क्र्स मात्रै होइन, इराक, सर्बिया र दक्षिण अफ्रिकालगायत देशका कम्युनिस्ट पार्टीका पूर्वसदस्यहरू पनि यहीँ गाडिएका छन् । ती चिहानहरू पनि बिस्तारै रेखदेखमा पर्न सक्छन्, किनभने तिनीहरूको प्रसिद्ध छिमेकीलाई त क्यामेराहरूले निगरानी गरिरहेकै छन् । ‘मार्क्सले यहाँ अनुयायीहरूको फौज नै निम्त्याए’, प्राध्यापक डेभिसले भनिन्, ‘यो त्यस्तो ठाउँ भयो, जसलाई वामपन्थीहरू गाड्ने ठाउँका रूपमा छानियो ।’
अघिल्लो वर्ष तोडफोड हुनुअघि पनि मार्क्र्सको चिहान अशान्त छँदै थियो । सन् १९६० मा पहेंलो रङमा दुई स्वस्तिक चिह्न पोतेर जर्मन भाषामा मार्क्र्स (उनको जातीय पृष्ठभूमि यहुदी थियो) नाजी अपराधी एडोल्फ इसम्यानलाई प्रेम गर्थे भन्ने लेखियो । त्यस्तै सन् १९७० मा स्मारकको जगमा पाइप बम विस्फोट भयो र स्मारकमा थुप्रै स्वस्तिक चिह्न पोतिए । त्यतिबेला मार्क्र्समूर्तिको टाउकोमा कसैले अर्को बम राख्न खोजेको प्रहरी अधिकारीहरूको भनाइ छ, त्यतिबेला मूर्तिको नाकमा काटिएको भाग अहिले पनि देख्न सकिन्छ । ‘यो स्मारक बनाउने समाजवादी मूर्तिकार लाउरेन्स ब्राडशाले मूर्तिमा भएको आक्रमणको पत्तो पाए, जुन ग्रेनाइटमा उनले बनाएका थिए’, मितेरी कोषका डुंगभेलले भने, ‘यो चिहानले पनि नपाउनु गोता पाएको छ ।’
सन् १९७० मा भएको आक्रमण होस् या अघिल्लो वर्षको तोडफोड, कुनै पनि घटनाका सन्दिग्धहरूलाई पक्राउ गरिएन । डुंगभेलले क्यामेरा कसरी त्यहाँ राखिए, तिनको भाउ कति परेको हो भन्नेबारे विस्तारमा बोल्न चाहेनन् । पुनस्र्थापना गर्ने बेलामा हटाइएको मार्बलांकित नामपाटीले नैमार्क्र्सको चिहान चिनाउँछ, जुन फेरि राखिएको छ । ब्रिटेनको कम्युनिस्ट पार्टी तथा मार्क्र्स समाधि कोषकी अध्यक्ष लिज पाइनेले मूर्तिको फुटेको फलक छिटै फेरिने बताइन् । उनले समाधिक्षेत्रको सुरक्षाका लागि क्यामेरा जोड्नु नै उत्तम उपाय भएको जनाइन् । ‘हामीले ‘केही पनि नगर्ने’ विकल्प रोजेनौं, चिहानलाई बन्द घेरामा राख्नु पनि विकल्प थिएन’, पाइनेले भनिन्, ‘हामीले स्मारकलाई यही स्थानमा राख्ने संकल्प ग¥यौं र सक्दो उच्चतम गुणस्तर दिन प्रतिबद्ध छौं ।’
‘यी क्यामेराहरूले मार्क्र्सलाई नियालिरहेका होइनन्,’ कम्युनिस्ट पार्टी प्रमुख पाइनेले भनिन्, ‘बरु आफूलाई लोकतान्त्रिक भन्ने देशको मुटुमा यिनले तिनीहरूलाई निगरानी गरिरहेका हुन्, जो मार्क्सको विरासत ध्वस्त पार्न आउन सक्छन् ।’ जे होस्, वेस्ट मिनिस्टर विश्वविद्यालयमा मिडिया इतिहासका प्रोफेसर तथा राजनीतिक लेखनका लागि अरवेल पुरस्कारका निर्देशक ज्याँ सेटन भन्छन्, ‘मार्क्र्ससम्बन्धी कस्तो विरोधाभासपूर्ण सत्य, जो व्यक्तिवादविरोधी थिए, असल उद्देश्यका लागि व्यक्तिहित त्याग्नुपर्छ भन्ने सामूहिक विचारका महान् प्रवर्तक थिए, आज त्यही व्यक्ति सबैभन्दा बढी संरक्षित हुनुपरेको छ ।’
हाइगेट घुम्न आउने केही पर्यटकका दृष्टिमा मार्क्र्स–चिहानछेउ जोडिएका क्यामेराहरू दुःखदायी तर नभई नहुने झुर चिज हुन् । ‘कसले चाहन्छ र सधैंका लागि यसरी आफ्नो चिहान निगरानी गरियोस् भनेर ?’ आफूलाई मार्क्र्स–अनुरागी बताउने ब्राजिलबाट आएका वकिल जर्मानो जेङ्कनर (२४) ले भने । तर, उनले फेरि थपे, ‘कम्तीमा उनी यहाँ उभिएकै छन्, जे–जसरी जोगाइएको भए पनि ।’