×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

 भिजिट भिसामा कुवेत हिँडेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइए

 भिजिट भिसामा कुवेत हिँडेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइए

काठमाडौं - भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ। आवश्यक अनुमतिपत्र (एनओसी) बिना नै अवैध रूपमा कुवेत जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देहीको सुनौली नाकामा ल्याएर स्थानीय प्रशासनलाई जिम्मा लगाएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको निगरानीमा काठमाडौं पठाइएको जानकारी दिए।

यसैबीच, गृहमन्त्री रमेश लेखकले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विस्तृत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार मन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र अवैध वैदेशिक रोजगारीमा पठाउने गिरोहको पर्दाफास गर्न निर्देशन दिएका हुन्।
 

प्रतिकृया दिनुहोस्