×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनाव जितिसक्यौँ, घोषणा गर्न मात्र बाँकी छ : त्रिपाठी

चुनाव जितिसक्यौँ, घोषणा गर्न मात्र बाँकी छ : त्रिपाठी

काठमाडौँ- नेकपा एमालेले सङ्घ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीभूमि त्रिपाठीले बताएका छन् ।

धादिङ काठमाडौँ सम्पर्क मञ्चद्वारा कलङ्कीमा कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष तथा एमाले उम्मेदवार त्रिपाठीले जनताले एमालेलाई छानेकोले एमालेको जित निश्चित भएको बताएका हुन् । टोलटोल र बस्ती बस्तीमा एमाले पुगिसकेको छ । विकासका काम नागरिकको माग बमोजिम गर्दै आएको छ । जनताले एमालेले मात्र राष्ट्र, राष्ट्रियता र विकासका पक्षमा भएकोले एमालेले जित निश्चित भएको बताए ।

यता राष्ट्रिय युवा सङ्घ नेपाल धादिङ निर्वाचन क्षेत्र न.१ समन्वय कमिटीको आयोजनामा गरिएको क्षेत्र स्तरीय भेला बैरेनीमा सम्पन्न भएको छ। राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले धादिङको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार क्रान्ति बुर्लाकोटिको प्रमुख आतिथ्यमा निर्वाचन परिचालन सम्बन्धी भेला सम्पन्न भएको हो ।

भेलाले धादिङ क्षेत्र नम्बर १ स्तरीय सुनिल तामाङको संयोजकत्वमा १ हजार ९ सय एक जना रहेको युवा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्