काठमाडौं - नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा नीलम ढुंगाना तिम्सिना नियुक्त हुनु भएको छ ।
राष्ट्र बैंककी डेपुटी गर्भनर ढुंगानालाई हिजो सरकारले कार्यवाहक नियुक्त गरेको हो । गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढेपछि अधिकारीलाई निलम्बन गरिएको हो ।
ढुंगानालाई अघिल्लो सरकारले पहिलो डेपुटी गभर्नरका रुपमा एक वर्ष अघि नियुक्त गरेको थियो ।