×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नोवेल मेडिकल कलेजमा भएको घटनाप्रति एसोसिएशनकाे आपत्ति

नोवेल मेडिकल कलेजमा भएको घटनाप्रति एसोसिएशनकाे आपत्ति

काठमाडौँ- प्राइवेट मेडिकल तथा डेन्टल कलेज एसोसिएशन नेपालले विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकाे छ । एसोसिएशनका अध्यक्ष बसरुद्धीन अनसारीले विज्ञप्ती जारी गर्दै नोवेल मेडिकलेजमा विद्यार्थीहरुले गरेको तोडफाेडले आफ्नो ध्यानाअकर्षण भएको बताएका हुन् ।

यस्तै एसोसिएशनले चिकित्सा शिक्षाको एकोहोरो शुल्क निर्धारण गरेको प्रति पनि आपत्ति जनाएका छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को व्यवस्थाअनुसार शुल्क निर्धारण गर्न पर्नेमा आयोगलले एक्लौटी शुल्क निर्धारण गरेको भन्दै एसोसिएशनले आपत्ति जनाएका हो ।

एसोसिएशनले आन्दोलनको नाममा घुसपैठ गर्ने, कलेज तथा कलेज संचालकको सार्वजनिक रुपमा मानमर्दन गर्ने, शिक्षण अस्पताल, कलेजको भौतिक सम्पतिमा क्षति पुर्‍याउने काम गरे शिक्ष तथा अस्पताल सेवालाई देशभरी ठप्प पार्ने चेतावनी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्