×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तिनाउ नदीमा डुबेका किशोर मृत फेला

तिनाउ नदीमा डुबेका किशोर मृत फेला

काठमाडौं- पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। बुधबार दिउसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहीवार दिउँसो सोही ठाउँमा उनको शव फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्