×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा हेडमास्टर पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा हेडमास्टर पक्राउ

पोखरा - विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तनहुँको भानु नगरपालिका १३, मिर्लुङ ठूलोढुंगामा अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै विद्यालयका छात्राहरुले शारीरिक, मानसिक तथा यौन दुर्व्यवहार गरेको आरोप लाएपछि प्रधानाध्यापक शाहलाई सोमबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

‘आरोप लागेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, सोधपुछका लागि उहाँलाई हामीले नियन्त्रणमा लिएका हौं’, एक प्रहरी अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्