×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेस चाैतारीकाे केन्द्रीय अध्यक्षकाे उर्दी- एमालेबाहेकका दलका उम्मेदवारलाई शुभकामना दिए स्वत: पदमुक्त

प्रेस चाैतारीकाे केन्द्रीय अध्यक्षकाे उर्दी- एमालेबाहेकका दलका उम्मेदवारलाई शुभकामना दिए स्वत: पदमुक्त

काठमाडाैँ- प्रेस चाैतारी नेपालसम्बद्ध पत्रकारहरूले नेकपा (एमाले) काभन्दा अन्य दलका उम्मेदवारहरूलाई शुभकामना व्यक्त गर्न नपाउने भएका छन् । केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आफ्नाे आधिकारिक फेसबूकमार्फत उर्दी जारी गर्दै अन्य दलका उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरे स्वत: पदमुक्त हुने चेतावनी दिएका हुन् ।

अध्यक्ष बस्नेतले आफूले प्रेस चाैतारीकाे विधान सम्झाएकाे उल्लेख गर्दै भनेका छन्, ‘प्रिय मेरा नातेदार म यो कुरालाई दिल दिमागमा राखेको प्रेस चौतारीको अध्यक्ष हो नि ।’ उनले त्यसअघि भनेका छन्— ‘नेकपा एमालेका उम्मेदवारबाहेक आफ्ना नातेदारलाई जीतको शुभकामना दिनेहरू प्रेस चौतारी नेपालका जुन समितिमा हुन् प्रमाण पाएको दिन स्वत: पदमुक्त हुनेछन् । याे विधानकाे कुरा सम्झाएको हो ।’

बस्नेत ०७८ फागुन २९ गते पाेखरामा सम्पन्न ९औं राष्ट्रिय अधिवेशनबाट दाेस्राे कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।

प्रतिकृया दिनुहोस्