×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढलमा खसेर बेपत्ता भएका बालक पाँच दिनपछि फेला

ढलमा खसेर बेपत्ता भएका बालक पाँच दिनपछि फेला


काठमाडौँ - काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
ललितपुरको बागमती* गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए। ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’  शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ। 

प्रतिकृया दिनुहोस्