×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडको जित

क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ- ईङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि जेफ्री स्च्लुपले एक गोल फर्काएका थिए ।

यस खेलको ७०औँ मिनेटमा क्यासिमिरोले रातो कार्ड पाउँदा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलमा ४२ अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २४ अंक छ र लिगमा १२औँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्