काठमाडौं - लगातार बढेको सुनचाँदीको भाउमा बुधबार गिरावट आएको छ । कार्तिक १० गते सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको थियो ।