काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । माघ २७ गते ३ बजे संसदको दुवै सदनलाई संयुक्त रुपमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यकाल २७ फागुनमा सकिँदै छ ।