×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

'नाईं न भन्नू ल ६' को तलाउमा ढुंगा नहान नामक गित  सार्बजनिक

'नाईं न भन्नू ल ६' को तलाउमा ढुंगा नहान नामक गित  सार्बजनिक

काठमाडौं- विकाशराज आर्चाय निर्देशित फिल्म 'नाईं न भन्नू ल ६' को तलाउमा ढुंगा नहान नामक गित  सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको गित सार्वजनिक गरिएको हो। स्वर राजन राज सिवाकोटी र मेलिना राई  रहेको छ 

फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी र अथर्व उप्रेतीलगायतको अभिनय छ।

अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। फिल्मको कथा निर्देशक आचार्यसँगै सामिप्य तिमल्सेना, अरूणदेव जोशीले तयार पारेका हुन्। 

निर्माणमा निर्देशक आचार्यले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान छन्। 

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका छन्।

यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। यस फिल्मका अघिल्ला सिरिज बक्स अफिसमा सफल भएका थिए। 

प्रतिकृया दिनुहोस्