×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदीय छानबिन समितिले आज सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दै

संसदीय छानबिन समितिले आज सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दै

काठमाडौँ- संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो ।

शर्माले उक्त समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्