काठमाडौं- आइतबार निर्वाचन भएका अधिकांश निर्वाचन क्षेत्रहरूको मत गणना कार्य सुरु भएको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा अहिले मत गणना कार्य धमाधम भइरहेको हो ।
काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरूमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो । मत गणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिमा मत गणना कार्य भइरहेको छ।
देशभर नै विभिन्न मत गणना स्थल बनाएर मत गणना कार्य जारी छ । मुस्ताङमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार योगश गौचन थकाली विजयी भएका छन् । यससँगै नेपाली कांग्रेसले प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ ।
अहिले विभिन्न मत गणना स्थलमा मत गणना कार्य जारी छ । देशभरका विभिन्न १५ स्थानमा आइतबार स्थगन भएको मतदान जारी छ भने केही स्थानको मतदान भने मंगलबार हुनेछ । दुर्गम हिमाली जिल्लाहरूबाट मतपेटिकाहरुहरु जम्मा पार्ने काम पनि भइरहेको निर्वाचन आयोगले जनाएको छ ।