×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिक प्रतिशोधविरुद्ध रविलाई सीके राउतको साथ, घण्टीघर पुगेर गरे हस्ताक्षर

राजनीतिक प्रतिशोधविरुद्ध रविलाई सीके राउतको साथ, घण्टीघर पुगेर गरे हस्ताक्षर

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसको विपक्षमा ऐक्यबद्धता जनाएका छन्।

सोमबार रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेर उनले 'रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान' मा हस्ताक्षर गर्दै ऐक्यबद्धता प्रकट गरेका हुन्।

हस्ताक्षरपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष राउतले आफ्नो पार्टी न्यायका लागि लड्ने भएकाले रास्वपाको अभियानलाई साथ दिन आएको बताए। "हाम्रो राजनीतिक मान्यता फरक हुन सक्छ, तर अन्यायको सवालमा हामी चुप बस्दैनौँ," उनले भने।

उनले यो अभियान राज्यले कसैमाथि प्रतिशोध साँध्न हुँदैन भन्ने जनताको आवाज भएको बताए। विकसित लोकतन्त्रमा न्यायालयमाथि जनताको आस्था हुने उल्लेख गर्दै उनले नेपालमा भने अदालतलाई प्रभावित पार्ने खेलहरू हुने गरेको टिप्पणी गरे।

"जनताले हस्ताक्षर गर्नु भनेको अदालतको विरोध होइन," राउतले भने, "बरु यसले अदालतलाई निष्पक्ष भएर न्याय दिन थप बल पुर्‍याउँछ।"
 

प्रतिकृया दिनुहोस्