काठमाडौँ- अष्ट्रेलियामा विदेशी विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउने भएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनद्वारा जारी भएको नयाँ नियममा आजदेखि अष्ट्रेलियामा विदेशी कामदार र विद्यार्थीका लागि हप्तामा २० घण्टाभन्दा बढी समय काम गर्न पाउने उल्लेख गरिएको छ ।
यस्तै आजदेखि २ महिनासम्म अस्ट्रेलिया जाने विद्यार्थीलाई भिसा शुल्कमा छूट दिइने छ । कोरोना महामारीका कारण अस्ट्रेलियामा कामदारको अभाव भइरहेको छ ।