×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडी बाढी : ढुंगाड टापुमा  ब्यक्तिको उद्धार गर्न नसकी हेलिकप्टर फिर्ता

बैतडी बाढी : ढुंगाड टापुमा  ब्यक्तिको उद्धार गर्न नसकी हेलिकप्टर फिर्ता

बैतडी - बैतडीको सिगास गाउँपालिका वडा न.- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका ब्यक्तिहरुको उद्धारका लागी त्यहाँ पुगेको हेलिकप्टर फिर्ता गएको छ । 

सेति नदि गाउँमा पस्दा गाँउको टापुमा पसेका ब्यक्तिहरुको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । 
त्यहाँ पुगेको हेलिकप्टर ३ पटक सम्म कोसीश गरि अवतरण गर्न नसकेपछी फिर्ता गएको उनले बताए । 

सेति नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेकाछन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्