काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा मतदान सकिएसँगै प्रक्रिया पूरा गरेर गणना सुरु भएको हो ।
निर्वाचनमा संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । तर लामाले फेरि उम्मेदवारी दिएका हुन् । निर्वाचनमा शतप्रतिशत अर्थात सबै ३७ सांसदले मतदानमा भाग लिएका छन्