×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली भेट्न पत्नीसहित बालकोट पुगे प्रधानमन्त्री देउवा

ओली भेट्न पत्नीसहित बालकोट पुगे प्रधानमन्त्री देउवा

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । बिहीबार राति एमसीसी सम्झौताका विषयमा छलफल गर्न देउवा बालकोट पुगेको स्रोतले  जनाएका छन् ।

देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न  पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्