×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्री भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन IOEका महासचिव सान्तोसको शिष्टाचार भेट

मन्त्री भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन IOEका महासचिव सान्तोसको शिष्टाचार भेट

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका कार्य जारी राखेको जानकारी गराउनुभयो । उहाँले नेपालमा रहेको लगानीको सम्भावनाको जानकारी गराउँदै विदेशी लगानी भित्र्याउनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार भईरहेको तथा सो को परिणामस्वरुप हालका वर्षमा विदेशी लगानी स्वीकृतिका दर क्रमशः वृद्धि भईरहेको विषयमा जोड दिनुभयो । 


मन्त्री भण्डारीले नेपालको सन् २०२६ मा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिको सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको सन्दर्भमा IOE र नेपाली निजी क्षेत्रबीच साझेदारी प्रवद्र्धन हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाका बारेमा विश्वभरका लगानीकर्तामाझ सूचनाको सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधिको हस्तान्तरण लगायतका क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न अनुरोध गर्नुभयो । 


भेटघाटको क्रममा क्ष्इभ् का महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीको बारेमा यस भ्रमणका बारेमा थप बुझ्ने मौका प्राप्त गरेको जानकारी गराउनुभयो । विश्वव्यापी सञ्जाल रहेको संस्थाको रुपमा IOE रहेको बताउँदै  नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भईरहेको उल्लेख गर्नुभयो । 


उक्त भेटमा आगामी दिनमा समेत नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावनाको खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

प्रतिकृया दिनुहोस्