×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यूएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य, सोमपाल र करणको शानदार बलिङ

यूएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य, सोमपाल र करणको शानदार बलिङ

 

काठमाडौँ- आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईले नेपाललाई १६९रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको यूएई ४७ औँ ओभरमा १६८ रनमा अलआउट भयो । 

नेपालका सोमपाल कामीले ४ र करण केशीले ३ विकेट लिए । सोमपालले ९ ओभर बलिङ गर्दै ३९ रन दिएर ४ विकेट लिए । यस्तै ७ ओभर १ बल बलिङ गरेका करणले १ मेडनसहित मात्र १६ रन खर्चिएर ३ विकेट लिए ।

थप विकेट सागर ढकाल, सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीको नाममा रह्यो ।

३५ रन जोड्दा नेपालले यूएईका चार विकेट लिँदै शुरुवातदेखि नै दबाब बनाएको थियो । तर, मध्यक्रममा यूएईका ब्याटरहरु रोहन मुस्तफा र रिजवानले टिकेर खेल्दै यूएईलाई मध्यम योगफलतर्फ अग्रसर गराए । उनीहरुले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरे ।

३४ औँ ओभरमा रिजवानलाई सन्दीपले आउट गर्दै यो साझेदारी तोडे । रिजवानले ८५ बलमा ४० रन बनाएका थिए । यस्तै मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए । उनलाई दिपेन्द्रले बोल्ड गरे ।

नेपालका लागि शुरुवाती ३ विकेट लिंदै सोमपाल कामीले उत्कृष्ट शुरुवात गरे । लगत्तै करण केशीले टिमका लागि चौथो विकेट लिएपछि यूएईको ब्याटिङ लाइनअप धर्मराएको थियो ।

सन्दीपले १० ओभरमा ३० र दिपेन्द्रले ४२ रन खर्चिए ।

प्रतिकृया दिनुहोस्