×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द हुने

वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द हुने

काठमाडौं - वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् ।

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ । हवाई उडान बन्द हुने भए पनि हालसम्म श्रम स्वीकृति दिने क्रम भने बन्द भएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बन्द गर्ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले मंगलबार अवस्थाको विश्लेषण गरेर श्रम स्वीकृति बन्द गर्ने वा जारी राख्ने निर्णय गरिने बताए ।

प्रतिकृया दिनुहोस्