काठमाडौँ । ईटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।
विकासले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग एक वर्षका लागि सम्झौता गरेसँगै ए डिभिजन लिग खेल्ने पक्का भएको हो । कात्तिक २९ गतेबाट सुरु हुने लिगमा १८ वर्षीय विकासले च्यासलको १० नम्बरको जर्सी लगाएर खेल्नेछन् ।
उनले ईटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । अहिले उनी ईटालीकै एट्लान्टाको युथ टिमबाट फुटबल खेल्दै आएका छन् ।