×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने

 काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका स्रोतले बताएको छ ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको एक नेताले जानकारी दिए ।

सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने मुडमा माओवादी छ। नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ ।

माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् । उता नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन सकेका छैनन् । 
जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट हच्किरहेका छन् ।
जसपाको पूर्व राजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ 

प्रतिकृया दिनुहोस्