बैतडी- बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरी सिंह धामीले काँग्रेस नेतृलाइ गालीगलौज गरेका छन ।सोहि गापा वडा नं ९ गंसुर घर भएकी काँग्रेस नेतृ लक्ष्मी शाह चन्दलाई अध्यक्ष धामीले अश्लिल शब्द प्रयोग गरेर गालि गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको उपाध्यक्ष पदकी आकांक्षीसमेत रहेकी चन्दले गापा अध्यक्ष धामीले आफूलाई फोनबाट अश्लिल शब्द प्रयोग गरेको बताएकी छिन । अध्यक्ष धामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको छनोटको विषयलाइ लिएर गालिगरेको बताइएको छ ।
उनले भनिन ‘ एक जना बहिनीले अध्यक्षलाई फोन गरेर लक्ष्मी चन्दको उपाध्यक्षमा नाम किन सिफारिस भएन भनेर सोधिन, तर उनले मेरो बारेमा नानाथरि कुरा गरेर उल्टै गालिगलौच गरेको छ ।’ अध्यक्षले गालि गरेको अडियो पनि आफूसंग सुरक्षीत रहेको उनले बताएकी छिन् ।पारिवारिक जीवनमा असर पर्ने गरि अध्यक्ष धामीले गालि गरेको भन्दै उनले कार्बाहीको माग गरेकी छिन् । पार्टीमा पनि यो कुरा राखेको र पार्टीले अनुशासनको कार्बाही गर्ने तयारी गरिरहेको पनि चन्दले बताएकी छिन ।
यता गाउँपालिकाका अध्यक्ष धामीलाई यो विषयमा बुझ्नका लागि फोन गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् । बेलाबेला अध्यक्ष बिभिन्न काण्ड घटाएर बिबादमा आइराख्ने गरेका छन्।
सिगास गापामा टिकट बिषयमा कांग्रेसभित्र निकै रस्साकस्सी चलिरहेको छ।
सिगासमा अध्यक्षका लागि बर्तमान अध्यक्ष गापा धामी सहित कांग्रेस गापा पार्टी उपसभापति धन बहादुर साउद र बर्तमान कांग्रेस क्षेत्रीय प्रतिनिधि मानमती धामीको नाम सिफारिस गरेको थियो तर त्यसका विरुद्धमा पालिकाका अन्य काँग्रेस नेताहरुले जिल्लामा पुगेर बिरोध गरिरहेका छन् ।