×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रुस युक्रेन युद्धः आज खाए भोलि पो पुग्दैन कि

रुस युक्रेन युद्धः आज खाए भोलि पो पुग्दैन कि

रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर लग्ने थुप्रै प्रयासहरू असफल भइसकेका छन् ।

अहिलेसम्म जति पनि त्यहाँबाट बाहिरिए, उनीहरूले निकै ठूलो दुख खप्नुपर्‍यो । त्यसमा पनि विशेष पीडितमा बालबालिका छन् । उनीहरूले सबैभन्दा पहिले किन्ने भनेको रोटी, ससेज र पानी हो । तीन सातासम्म मारिउपोल सहरस्थित आफ्नो अपार्टमेन्टमा लगातार रुसी फौजको आक्रमणका क्रममा झ्यालहरूसमेत ध्वस्त भएपछि नादिया देनिसेन्काले आफ्ना बालबालिकासँगै सहर छाडेकी थिइन् । धेरै दिनसम्म उनीहरूसँग निकै थोरै खाना मात्र थियो । पिउने पानी त नहुनु बराबरै थियो । 

विगत सम्झँदै नादिया भन्छिन्, “कतै पानीको बोतल भेटिँदा हामी निकै खुसी हुन्थ्यौँ । त्यो पानी पनि केहि सेकेन्डमै सकिन्थ्यो । म १४ र ५ वर्षका दुई छोरा र १२ वर्षीया छोरी लिएर सुरक्षित तरिकाले आफन्त कहाँ पुगेँ । युद्ध सुरु हुँदा मेरो कान्छो छोराले केही रोटी खान मन लागेको बताएका थिए ।

उनीहरूको पलायन यात्रा निकै कष्टकर थियो । सहर छाड्ने मौकाको प्रतीक्षामा बस्दा मारिउपोलमा उनीहरूले करिडोरमा बाक्लो पर्खाल पछाडि रातहरू काटे । उनीहरू भूमिमुनिको तलामा सुत्थे । बिहान करिब ५ बजे भयानक विस्फोटको आवाज सुनेर उनीहरूको निद्रा खुल्थ्यो । ती विस्फोटका आवाज कहिले नजिक त कहिले टाढाबाट आउँथे ।

एउटा सुपरमार्केटमा काम गर्ने गरेकी ३९ वर्षीया नादिया भन्छिन्, “जिन्दगी पूर्णतस् नारकीय थियो । हामी सबै अनिश्चित जिन्दगी बाँचिरहेको थियौँ । भोलि बिहान जिउँदै आँखा खोलिन्छ कि खोलिन्न भन्ने थाहा थिएन । उनीहरूले निर्ममतापूर्वक लगातार आक्रमण गरिरहेका थिए । मेरो सानो छोरो किन त्यस्तो ठूलो विस्फोटनका आवाज आइरहेको भनेर सोध्ने गर्थ्यो । म उसलाई चिन्ता नगर्न र त्यो पटाखा पड्केको भन्दै सम्झाउने गर्थें । उनले फेरि हामीलाई उनीहरूले किन मार्न खोजिरहेको भनेर सोध्थे ।ू

युक्रेनमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले मारिउपोललाई सबैभन्दा बढी आक्रमण गरेको छ । त्यहाँ जल, स्थल र आकासबाट आक्रमण गरिएको छ । थुप्रै लाशको सामूहिक अन्त्येष्टि गरिएको छ ।

नादियाले भनिन्, “घर बाहिर अलि बढी न्यानो हुने हुनाले हामी प्रायस् बाहिरै बस्थ्यौँ । अन्तिम दुई दिन खाने नाममा गेडागुडी र दालसमेत थिएन । पैसाको मतलबै थिएन । सहरमा खाद्यान्न नै रित्तिसकेको थियो । भाग्ने प्रयासको क्रममा एकपटक केही कारहरू भएको ठाउँमा गयौँ । तर अचानक त्यहाँ गोलाबारुद बर्सियो । भाग्यले नजिकको एउटा क्षतिग्रस्त भवनमा लुकेर ज्यान बचायौँ ।ू

अन्ततस् १७ मार्चमा उनीहरू मारिउपोल छाड्न सफल भए । पहिला उनीहरू निजी सवारी साधनका लस्करमा बसेर मान्गुस गाउँ पुगे । त्यसपछि उनीहरू रुसी नियन्त्रणमा रहेको बड्यान्स्क पुगे । त्यहाँबाट उनीहरू जापोरिझझिया पुगे ।

नादिया भन्छिन्, “बाटोमा थुप्रै स्थानमा रुसी फौज वा उनीहरू समर्थित लडाकुहरूले हामीलाई खानतलासी लिने र सोधपुछ गरे । पुरुषहरूलाई बढी केरकार गरिन्थ्यो । धेरै दिनदेखि हामीले नुहाएका पनि थिएनौँ । जापोरिझरिझयाबाट पश्चिमी युक्रेनी सहर लभिभ पुग्न पाँच दिन लाग्यो । सो क्षेत्र रुसी आक्रमणबाट धेरै बचेको थियो । बल्ल हामीले सुरक्षा महशुस गर्‍यौँ । तर मेरो सानो छोराले अझै पनि हामी बसेका फ्ल्याटका विभिन्न स्थानमा चकलेट, रोटी जस्ता खानेकरा लुकाउने गरेका छन् । किन यसो गरेको भनेर सोध्दा उनले भोलिलाई खान केही बाँकी रहोस् भनेर जवाफ दिन्छन् ।

प्रतिकृया दिनुहोस्