×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

काठमाडौं-  बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले आउँदो साता ‘कोर्ट म्यारिज’ गर्न लागेका हुन् । कोर्ट म्यारिजपछि मात्र उनीहरुले परम्परागत विवाह गर्नेछन् । कट्रिना र विक्कीको विवाहमा बलिउडका केही कलाकार सहभागी हुने बताइएको छ । विवाहको तयारीका कारण कट्रिनाले चलचित्र ‘सूर्यवंशी’को सफलताको खुशी समेत आफ्ना प्रशंसकहरुमाझ साट्न पाएकी छैनन् ।

नायक रणवीर कपूरसँग ब्रेकअप भएपछि कट्रिना विक्कीसँग नजिक भएकी हुन् ।

प्रतिकृया दिनुहोस्