×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लहानका मेयरद्वारा स्वास्थ्य ,शिक्षा मुहार फेर्दे, बृद्धा आश्रम संचालन गर्ने घोषणा

लहानका मेयरद्वारा स्वास्थ्य ,शिक्षा मुहार फेर्दे, बृद्धा आश्रम संचालन गर्ने घोषणा

काठमाडौं- लहान  नगरपालिकाका मेयर महेश चौधरीले आफनो नगरको विकासको लागि स्वास्थ्थ, शिक्षा, र विभिन्न आधारभुत आवश्यकताहरुलाई परिपुर्ति गरि योजनाबद्ध रुपमा अगाडि बढ्ने भएका छन् । मेयर महेश चौधरीले दलित, गरिव तथा विपन्न परिवारका लागि १०० वटा नमूना घर बनाउने बिपन्न समुदायका ४० घरधुरीका बिपन्न वर्गका बालबालिकाको लागि टयुसन संचालन गर्ने घोषणा गरेका छन् ।  

बिपन्न परिवार भएका गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोषण भत्ता, १० किलो चामल, एक किलो नुन, एक पोका तेल, एक किलो मटर लगायतका सामाग्री नगरपालिकाले बितरण गर्ने भएको छ । लहान नगरपालिका भित्र शिक्षाको स्तर बढाउन स्कुलहरुमा थप शिक्षकको नियुक्ती गर्नुका साथै लहान नगरपालिका-४ मा बृद्धा आश्रम संचालन गर्ने मेयर चौधरीले जानकारी दिए ।  

। मेयर र चौधरीले दलित तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, दलित सामुदायवाट टपटेनमा छनोट भएका १० जना अबल बिधार्थीलाई काठमाडौंको सुविधा सम्पन्न स्कुलमा उच्च शिक्षाका लागि पढाउने बताए ।

प्रतिकृया दिनुहोस्