काठमाडौँ- नेपाल आयाल निगमले पेट्रोलियमको अभाव नरहेको बताएको छ । नेपाल आयाल निगमका कार्यबाहक महाप्रबन्धक वीरेन्द्र गोइतले अहिले साँझदेखि पेट्रोलियम ढुवानी सूचारु हुने थालेकोले अब आपूर्ति सहज हुने बताए । शुक्रबारदेखि पेट्रोलियम ढुवानी ठप्प पारेर आन्दोलन सुरु गरेका थिए ।
शुक्रबार र शनिबार ढुवानी ठप्प भएका कारण कतिपय पेट्रोल पम्पहरुमा तेलको अभाव भएको थियो । तेलको अभाव हुने अनुमानका साथ उपभाेक्ताले सवारी साधनमा साबिकभन्दा बढी तेल हालेका थिए । पम्पहरुमा गाडी तथा मोटरसाइकलको लामो लाइन लागेको थियो ।
‘ढुवानी व्यवसायीका माग पूरा गर्न शनिबार नै ४ बुँदे वार्तामार्फत सहमति गरी आइतबारबाट ढुवानी सुचारु गर्न उनीहरु राजी भएका थिए,’ कार्यवाहक महाप्रबन्धक गोइतले भने, ‘आइतबार बिहान पनि अनेक माग राख्दै ट्याङ्कर चालक संघका व्यवसायीले आन्दोलन सुरु गरेपछि आइतबार पनि ढुवानी प्रभावित भएको हो ।’
सरकारले आइतबार पनि ट्रयाङ्कर संघका प्रतिनिधीले राखेकाे माग पूरा गर्ने समित जनाएपछि उनीहरुले ढुवानी खाेलेका हुन् ।
नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक वीरेन्द्र गोहित, प्रवक्ता विनितमणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सचिव विष्णु कुमार खड्का, नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामासहितको उपस्थिति थियो ।
२ दिनसम्म निरन्तर ढुवानी ठप्प भएका कारण तेलकाे आपूर्ति असज बनेकाे थयाे । अब रातिदेखि तेलकाे आपूर्ति सहज हुने छ ।