×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वायप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वायप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको स्वायपमा अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वायपमा अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वायपमा अधिकतम क्यास ब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

प्रतिकृया दिनुहोस्