×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानको बलुचिस्तानमा आएको भूकम्पमा परी २० जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा आएको भूकम्पमा परी २० जनाको मृत्यु

काठमाडौँ  – पाकिस्तानमा ५ दशमलव ७ म्याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महससुस गरिएको छ । दक्षिणी पाकिस्तानको बालोचिस्तान प्रान्तमा गएको भूकम्पमा परी २० जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका रोयटर्सले जनाएको छ । मानिसहरू सुतिरहेको बेला बिहीबार बिहान भूकम्प गएको थियो।
समाचारमा जनाइएअनुसार भूकम्‍पको इपिसेन्टर बालोचिस्तान प्रान्तको क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्र रहेको छ । इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन्  ।

उद्धारकर्मीहरूका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्