×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेलाई सरकारबाट हटाइएपछि विकास रोकियो : अध्यक्ष ओली

एमालेलाई सरकारबाट हटाइएपछि विकास रोकियो : अध्यक्ष ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित भएको दावी गरेका छन् । मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगाएतलाई एमाले प्रवेश गराउँदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि विकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताएका छन् ।

ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दावी गरे ।

त्यस्तै, अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमतका साथ एमाले सरकारमा आउने भन्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनकाे भनाई छ । अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने तर्क गरे ।

त्यस्तै, एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताए । १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे ।

त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै सौदावाजी बिना नितान्त कार्यकर्ताको रूपमा एमालेमा आएको बताए । उनले दोस्रो एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि एमाले प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस्