×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्‍पतालमा सुत्‍केरीको मृत्‍यु, न्याय माग्‍दै मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन

अस्‍पतालमा सुत्‍केरीको मृत्‍यु, न्याय माग्‍दै मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन

कैलाली - धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका लागि न्यायको माग गर्दै विद्यार्थीहरूले प्रर्दशन गरेका छन् । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरूले मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन गरेका हुन्।

उनीहरूले नवजिवन अस्पताल तथा डाक्टरहरूको लापरबाहीले मल्लको ज्यान गएको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दावाद’, ‘मेडिकल माफिया मुर्दावाद’ जस्ता नारा लगाएका उनीहरूले केहीबेर सडक समेत अबरुद्ध पारेका थिए ।
अस्पतालमा कडा सुरक्षा धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीसंगै सशस्त्र समेत परिचालन गरिएको प्रशासनले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्