काठमाडौ - नेपालका प्रमुख टेलिभिजन च्यानलहरूले कानुनलाई ठाडो चुनौती दिँदै अवैध अनलाइन सट्टेबाजी (बेटिङ) को प्रचारलाई खुलेआम प्रश्रय दिइरहेका छन्। केही समयअघि कान्तिपुर टेलिभिजनले अवैध बेटिङ प्लेटफर्म ‘मेलबेट’ को छद्म विज्ञापन प्रसारण गरेर विवादमा तानिएको थियो। तर, उक्त आलोचनाबाट पाठ सिक्नुको सट्टा एभिन्युज, न्युज २४ र प्राइम टिभीजस्ता अन्य च्यानलहरूले पनि आर्थिक लाभका लागि सोही अवैध प्लेटफर्मको प्रचारलाई निरन्तरता दिएका छन्, जसले मिडियाको गैरजिम्मेवारीपनालाई उजागर गरेको छ।
कसरी भइरहेको छ यो चलाखीपूर्ण प्रचार?
यी टिभी च्यानलहरूले समाचार प्रसारण गर्दा समाचारवाचकको डेस्कमा रहेको ल्यापटपमा ‘MELBAT LIVE’ लेखिएको लोगोलाई प्रस्ट रूपमा देखाइरहेका छन्। यो वास्तवमा अवैध बेटिङ साइट ‘मेलबेट’ (Melbet) को नाममा रहेको ‘e’ अक्षरलाई ‘a’ बनाएर ‘मेलब्याट’ (Melbat) बनाइएको चलाखी हो। कानुनले सिधा विज्ञापन गर्न रोक लगाएका जुवा, मदिरा जस्ता वस्तुलाई उस्तै नाम र लोगो प्रयोग गरी अर्कै उत्पादनको ‘मुखुण्डो’ लगाएर गरिने यस्तो विज्ञापनलाई ‘सरोगेट विज्ञापन’ भनिन्छ। ‘मेलबेट’ ले ‘मेलब्याट लाइभ’ नामक न्युज पोर्टलको आडमा आफ्नो अवैध धन्दा चलाइरहेको छ र टिभी स्क्रिनमा देखाइएको दुरुस्तै मिल्ने लोगोले यो नियतवश गरिएको गैरकानुनी कार्य हो भन्ने स्पष्ट पार्छ।
कानुनको ठाडो उल्लंघन र नियामकको मौनता
नेपालको जुवा ऐन, २०२० र विज्ञापन (नियमन गर्ने) ऐन, २०۷६ ले जुवा खेल्न, खेलाउन वा त्यसको प्रचारप्रसार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यति मात्र होइन, सर्वोच्च अदालतले समेत कुनै पनि सञ्चारमाध्यममा यस्ता सरोगेट विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। तर, नेपाल क्रिकेट संघ (क्यान) आफैँले पैसा लिएर बेटिङ प्लेटफर्मको प्रचार गरेको विगतदेखि लिएर अहिले प्रमुख टिभी च्यानलहरूले गरिरहेको यो हर्कतले कानुन र अदालत दुवैको अवहेलना गरिरहेको छ।
नेपाली बजार नै मुख्य निशाना
‘मेलबेट’ ले आफ्नो लोगोमा नेपालको झण्डा प्रयोग गर्ने, वेबसाइटमा आफूलाई ‘मेलबेट नेपाल अफिसियल’ बताउने र इसेवा, खल्तीजस्ता डिजिटल वालेटको लोगो राखेर नेपाली प्रयोगकर्तालाई भ्रममा पारिरहेको छ। सिमिलर वेबको तथ्याङ्कले यसका ९९ प्रतिशतभन्दा बढी प्रयोगकर्ता नेपाली रहेको देखाउँछ, जसले नेपालमा यसको जालो कति गहिरोसँग फैलिएको छ भन्ने पुष्टि गर्छ।
एकातिर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र विज्ञापन बोर्ड यस्ता गतिविधिमाथि आँखा चिम्लिएर बसेका छन् भने अर्कोतिर समाजको पहरेदार बन्नुपर्ने सञ्चारमाध्यम आफैँ पैसाको लोभमा परेर ‘आपराधिक कार्य’ को हिस्सा बनिरहेका छन्। व्यावसायिक लाभका लागि सामाजिक र कानुनी दायित्व भुलेका यी सञ्चारमाध्यममाथि कहिले र कसले कारबाही गर्ला, प्रश्न गम्भीर छ।