×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

काठमाडौं-  काभ्रेपलान्चोकको बनेपा नगरपालिका-१३ भैसेपाटीमा  मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । दाहसंस्कारबाट फर्कँदै गरेका मलामी बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार बिहान करिब साढे दुई बजेको समयमा बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ६२ वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्