×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कारवाहीमा परेका खेलाडीहरु समेट्दै टि२० विश्वकप छनोटको लागि ३० सदस्य टोली घोषणा

कारवाहीमा परेका खेलाडीहरु समेट्दै टि२० विश्वकप छनोटको लागि ३० सदस्य टोली घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले ३० सदस्य घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले ३० सदस्य टोली घोषणा गरेका छन् । घोषणा टोलीमा भीम सार्की, शरद भेषावकर, प्रदीप ऐरी, सौरभ खनाल, राजेश पुलामी मगर लगायतका खेलाडीले टोलीमा पूनरागमन गरेका छन् । क्यानले पहिलो चरणमा ३० सदस्य टोली बोलाएको हो । बन्द प्रशिक्षणमा केहि खेलाडीलाई हटाएर क्यानले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मौका दिनेछ ।

क्यानले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितालाई टि२० शैलीमा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुरोध गरि सकेको छ । प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ सम्म काठमाडौंमा हुनेछ । मुख्य प्रशिक्षक पुबुदु दसानायिकले प्रधानमन्त्री कपबाट नयाँ प्रतिभा हेर्दै टोलीलाई आवश्यक पर्ने खेलाडी लिने बताएका थिए । बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुनेछ ।

टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

ग्लोबल छनोटको समूह बी का खेल जिम्बावेमा हुनेछन् । समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । टि२० ग्लोबल छनोट बी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ । टि२० विश्वकप २०२२ आगामी अक्टोबर(नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । नेपालले पहिलो तथा एकमात्र विश्वकप २०१४ मा खेलेको थियो । उक्त समय पुबुदुकै मुख्य प्रशिक्षकमा खेलेको थियो ।

नेपालको प्रारम्भिक ३० सदस्य टोली :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

प्रतिकृया दिनुहोस्