×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र 'प्रसाद २'को 'क्रान्ति' गीत सार्वजनिक

चलचित्र 'प्रसाद २'को 'क्रान्ति' गीत सार्वजनिक

काठमाडौं-  हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो । सुवास थापाको प्रस्तुति रहेको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर छ । राजेश श्रेष्ठको छायांकन रहेको गीतमा विक्रम स्वारको कोरियोग्राफी छ ।

सुदर्शन थापाले निर्देशन गर्नुभएको फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा सुशील पौडेलले तयार पार्नुभएको हो ।

प्रतिकृया दिनुहोस्