×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

देशभर १४७८ कोभिड-१९ संक्रमित

देशभर १४७८ कोभिड-१९ संक्रमित

 

काठमाडौँ- बुधबार देशभर १४७८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ९३० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । ६ जनाको मृत्यु भएकाे छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भइसकेको मनत्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमित २१ हजार १३९ जना छन् ।

आईसीयूमा ३३४ र भेन्टीलेटरमा ११९ जना उपचाररत छन् । होम आइशोलेसनमा १९ हजार ८०५, संस्थागत आइसोलेशनमा १३३४ र क्‍वारेन्टीनमा २४३ जना छन् ।

प्रतिकृया दिनुहोस्