काठमाडाैँ- प्रतिनिधि सभाकाे अर्काे बैठक फागुन ८ गते बस्ने भएकाे छ । आज प्रमुख प्रतिपक्ष एमालेकाे नाराबाजीबीच आदिवासी जनजातिकाे प्रतिवेदन पेस भएर बैठक दुई दिनका लागि स्थगित भएकाे हाे ।
प्रधान मन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजातिकाे प्रतिवेदन सदनसमक्ष पेस गरेका थिए । बैठक शुरू हुनासाथ एमाले सांसदहरू लबीमा उभिएर नाराबाजी गर्न थालेका थिए । यसपछि बैठक सञ्चालनकाे वातावरण बनाउन आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकाेटाले मन्त्री बडूलाई प्रतिवेदन पेस गर्न समय उपलब्ध गराए ।
मन्त्री बडूले प्रतिवेदन पेस गरेपछि बैठक फागुन ८ गते दिनकाे १ बजेसम्मका लागि स्थगित भएकाे हाे ।