×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

इपिएल: ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा

इपिएल: ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल(इपिएल)मा आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा डेक्लेन रिस र काइ हाभेर्टजले एक–एक गोल गरेका थिए । ब्रेन्टफोर्डका योअने विसाले एक गोल फर्काएका थिए ।


आर्सनलका डेक्लेनले खेलको १९औँ मिनेटमा सुरुवात गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा ब्रेन्टफोर्डका विसाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा हाभेर्टजले गरेको गोलसँगै आर्सनल २–१ गोलले विजयी भयो ।


यो जितसँगै आर्सनल २८ खेलबाट ६४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक छ ।

प्रतिकृया दिनुहोस्