×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजका बाँकी खेलमा प्रवेश निषेध

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजका बाँकी खेलमा प्रवेश निषेध

काठमाडौं - टियु अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी आइ सिरिज अन्तर्गतको बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिने भएको  छ ।

नेपालमा कोभीड-१९ को बढ्दो असर कम गर्न २०७८ बैशाख ६ गतेको नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरु उपस्थित नहुन, दर्शक सहितको खेलकुद प्रतियोगिता संचालन गर्न नपाइने आदेश जारी गरेसंगै 
नेपाल क्रिकेट संघले किर्तिपुरमा जारि त्रि-दिवसीय सिरिज अन्तर्गतको बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निशेष गरेको हो। क्यानले सोमबार बेलुका प्रेस बिज्ञप्ति जारी गर्दै बताएको छ।


सोमबार नेपाल र मलेसिया बीचको खेल अघि नेपाल सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा हुन नदिने निर्णय गरेपछि खेल हेर्न जाने दर्शकहरुमा अन्योलता रहेको थियो। तर दर्शकहरु खेल मैदान पुग्ने क्रम सुरु भैसेको तथा टिकट लिईसकेकोले मलेसियासंगको खेलमा दर्शकलाई प्रवेश दिईएको थियो।

सिरिजमा दर्शकहरु प्रवेश निषेध गरिदा सिरिज आयोजनाको ठेक्का पाएको जोहरा स्पोर्ट्स म्यानेजमेन्टलाई ठुलो रकम घाटा लाग्ने निश्चित छ।सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गरिरहेको छ भने युट्युबमा समेत ओएसआर स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण भइ रहेको छ।

सिरिज अन्तर्गत नेपालले मंगलबार नेदरल्याण्डसंग खेल्ने तालिका रहेको छ। नेपालले हालसम्म खेलेको दुईवटा खेलमा नेदरल्याण्ड र मलेसियालाई सहजै पराजित गरिसेको छ।

प्रतिकृया दिनुहोस्