×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

आज एकै दिन यति धेरै बढ्यो सुनको मूल्य

आज  एकै दिन यति धेरै बढ्यो सुनको मूल्य

काठमाडौं - बुधबार(आज) नेपाली बजारमा सुनको मूल्य बढेको  छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 


यता चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर  प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्