×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले यस पटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्र रूपमा भइरहेको जानकारी दिँदै प्राविधिक रूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्ड एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको बताए ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसङ गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्