काठमाडाैँ- खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थमन्त्रालयमा पेश गर्ने बताएका हुन् ।
जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उनकाे भनाई छ । मन्त्री गहजरातले आगामी आर्थिक वर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउनका लागि प्रयाप्त बजेट बिजियोजनका लागि प्रतिवद्ध रहेको धारणा राखे ।
खेल क्षेत्रको लगानी अप्रयाप्त रहेकाले नै यस क्षेत्रको प्रभावकारी विकासका लागि समस्या भएको उनकाे भनाई छ ।कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।