१६ औं संस्करणको युरोकप फुटबलमा (आज) सोमबार चार खेलहरु रहेका छन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई दुई खेल रहेका छन् । समूह सी मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।
नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।
यस्तै अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
समूह बी मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ ।
फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।