काठमाडौँ- चलचित्र हलमा प्रदर्शन हुनु अगावै चलचित्र ‘प्रेमनाथ’ युट्युबमार्फत् सार्वजनिक भएको छ । निर्माता तथा निर्देशक गणेश बेल्बासेले चलचित्र हलमा प्रदर्शन अनिश्चित भएको कारण युट्यूबमार्फत सार्वजनिक गरेको बताए । कोरोना सङ्क्रमण अगावै प्रदर्शनका लागि तयारी अवस्थामा रहेको चलचित्र प्रचार प्रसारमा जुटिरहेको बेला कोरोना महामारीका कारण हल बन्द हुँदा प्रदर्शन हुन सकेको थिएन ।